images
images

बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने सरकारी अधिकारीको भनाइ

बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने सरकारी अधिकारीको भनाइ

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने सरकारी अधिकारीको भनाइ

    बङ्गलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताउनुभएको छ । 

    images
    images
    images
    images

    अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम  पनि आवश्यक छ आदि हुन् । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।” 

    “यो मेरो प्रारम्भिक अनुमान पनि हो,” विज्ञप्तिमा भनिएको छ।

    उहाँले भन्नुभयो, “निर्वाचन महत्वपूर्ण नीतिगत निर्णय हो । यसको समय सरकारका प्रमुख सल्लाहकारको नेतृत्वमा तोकिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सल्लाहकार (मन्त्री) डा. आसिफ नजरुलले भन्नुभयो, “यो घोषणा गर्ने अधिकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र यसको सल्लाहाकारका हैसियतमा मेरो पनि हो।” 

    नेतृ शेख हसिनाले गत अगष्ट ५ मा प्रधानमन्त्रीको पदबाट राजिनामा दिएपछि बङ्गलादेशमा राजनीतिक परिस्थिति तरल बनेको छ । गत अगस्ट ५ मा बङ्गलादेशबाट सैनिक विमानबाट भारत आएकी पूर्व प्रधानमन्त्री हसिना हाल भारतमा बस्दै आउनुभएको छ । 

    सरकारी जागिरका लागि कोटा प्रणाली अन्त्यको माग गर्दै विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा तत्कालिन सरकारको दमनसँगै फैलिएको सरकार विरोधी प्रदर्शनले हसिनालाई देश नै छोडी विदेशमा शरण लिन बाध्य बनाएको छ । 
    उहाँको राजिनामा आएको सैनिक प्रमुखले घोषणा गर्नुभएको थियो । त्यसपछि अन्तरिम सरकारको स्थापना भएको थियो।

    यस उथलपुथलको समयमा विशेष गरी हिन्दूलगायत अल्पङ्ख्यकहरूलाई लक्षित गरी हिंसा र अराजकताका धेरै घटनाहरू भएका थिएभने हसिना प्रशासन विरूद्ध हप्तौंदेखि चलेको प्रदर्शन र झडपमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिनुभएको थियो । अन्तरिम सरकारले देशको आन्तरिक सुरक्षा सुनिश्चित गर्न सेनाको शक्ति विस्तार गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार