images
images

कठिन परिस्थितिको सामना गर्दै चीन, अर्थतन्त्रमा निरन्तर संकुचन, विश्व अर्थतन्त्रमा खतराको संकेत

कठिन परिस्थितिको सामना गर्दै चीन, अर्थतन्त्रमा निरन्तर संकुचन, विश्व अर्थतन्त्रमा खतराको संकेत

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • कठिन परिस्थितिको सामना गर्दै चीन, अर्थतन्त्रमा निरन्तर संकुचन, विश्व अर्थतन्त्रमा खतराको संकेत

    करिब तीन दशकसम्म विश्वको आर्थिक वृद्धिको इन्जिन बनेको देश थियो चीन !, तर अहिले अवस्था फेरिएको छ । हाल चीनको अर्थतन्त्र धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ।

    images
    images
    images
    images

    विश्वकै ठूलो दोस्रो अर्थतन्त्र एवं छिमेकी मुलुक चीनको कठिनाइ बढ्दै गइरहेको छ। चीनको अर्थतन्त्र निरन्तर संकुचन भइरहेको छ। 

    चीन सरकारले आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न अर्बौं डलरको प्रोत्साहन प्याकेज घोषणा गरेको छ, तर यसले देशको ऋण संकट समाधान हुने अवस्था भने देखिएको छैन । 

    विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बोकेको चीनको ऋण–जीडीपी अनुपात वर्षको पहिलो त्रैमाससम्ममा नै ३६६ प्रतिशतको सर्वकालीन उच्च स्तरमा पुगेको छ।

    यो अनुपात सन् २००८ को वित्तीय संकटपछि दोब्बर भएको छ । गैर–वित्तीय कर्पोरेटको अनुपात उच्चतम १७१ प्तिशत पुगेको छ । 

    यसपछि सरकारी ऋण अनुपात ८६ प्रतिशत छ । यता, अमेरिकामा सरकारको ऋण–जीडीपी अनुपात भने १२५ प्रतिशत रहेको छ।

    झण्डै तीन दशकदेखि विश्वको कारखाना बनेको चीन अहिले धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ । देशको अर्थतन्त्र मुद्रास्फीतिको अवधिबाट गुज्रिरहेको छ ।

    सन् १९९० को दशकदेखि जापानको अर्थतन्त्र अड्किएको यही अवस्था हो । अमेरिकासँगको तनावले चीनको अवस्था नाजुक बनाएको छ ।

    देशमा बेरोजगारी चरम सीमामा छ, घरजग्गा क्षेत्र गहिरो संकटमा छ र जनता पैसा खर्च गर्नुको साटो बचत गर्न व्यस्त छन् ।

    चीनको अवस्थाको प्रभाव अन्य देश र विदेशी कम्पनीहरूमा पनि देखिन्छ। जापानको निर्यात केही महिनायता पहिलो पटक घटेको छ । यसको कारण चीनमा मागमा कमी आएको विदेशी मिडियाहरूमा उल्लेख गरिएको छ । 

    विश्व अर्थतन्त्रमा खतराको संकेत

    चीनको अर्थतन्त्र डुब्यो भने यसको प्रभाव सम्पूर्ण विश्व देखिने छ । हालै विश्वको सबैभन्दा ठूलो फेसन कम्पनी एलएमभिएचको शेयरमा ठूलो गिरावट आएको छ ।

    यसको कारण चीनमा कम्पनीको बिक्री घटेको थियो। त्यसैगरी विश्वका धेरै कम्पनीको वृद्धिमा चीनको ठूलो भूमिका छ ।

    संसारभरका बजारहरू चिनियाँ सामानले भरिएका छन्। विज्ञहरूका अनुसार चीनमा सन् २००८ जस्तै मन्दीको लक्षण देखिन थालेको छ ।

    त्यसैले चीनमा मन्दीको सम्भावना विश्व अर्थतन्त्रका लागि खतराको घण्टी हो। यसैबीच, तेस्रो त्रैमासिकमा चीनको वृद्धि डेढ वर्ष यताकै न्यून थियो।

    नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनको अर्थतन्त्र सेप्टेम्बरको त्रैमासिकमा ४.६ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो त्रैमासिकमा ४.७ प्रतिशत थियो।

    यो २०२३ को सुरुदेखिकै न्यून वृद्धि हो। पछिल्लो समय चीन सरकारले अर्थतन्त्रलाई पुनरुत्थान गर्न धेरै घोषणाहरू गरेको छ।

    जसमा ब्याजदर घटाउने र घर खरिदसँग सम्बन्धित नियमहरूमा छुट समावेश छ। तर लगानीकर्तामा भने यसप्रति खासै उत्साह छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार