images
images

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / आज (सोमबार) सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो । 

    images
    images
    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, १० ग्राम छापावाल सुनको भाउ आज १ लाख ४१ हजार ९७५ रुपैयाँ तोकिएको छ । यता, चाँदी प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला २ हजार ७५ रुपैयाँ तोकिएको चाँदीको भाउ आज बढेर २ हजार ९५ रुपैयाँ पुगेको हो । 

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उच्च बृद्धि भएपछि नेपाली बजारमा पनि केही दिनयता सुनचाँदीको मूल्य दैनिक नयाँ उचाइमा पुगिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार