images
images

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

    लेबनानमा इजरायली सेनाले निरन्तर हवाइ हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो ।

    images
    images
    images
    images

    आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।

    शनिवार राती इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८४ जना लेबनानी नागरिक मारिएका थिए । आइतबार दिउँसो इजरायली सेनाले बेरुतका १४ तथा अन्य १० गरी २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो ।

    लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । 

    पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तिय संस्थालाई निशाना बनाएको छ । निरन्तरको द्वन्द्वले लेबनानको अर्थतन्त्र ओरालो लागेको छ । 

    व्यापार र स्थानीय कम्पनीहरूले बढ्दो संकटका लागि संघर्ष गरिरहेका छन् ।
    युद्धले व्यापार, उद्योग र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई असर गरेकाले लेबनानको अर्थतन्त्र तलतिर झरेको छ । 

    इजरायली आक्रमण दक्षिणी लेबनानबाट देशको राजधानी र व्यापार केन्द्र बेरुतसहित अन्य शहरहरूमा विस्तार हुँदै गएको छ । 

    धेरै व्यावसायीहरु डरले आफ्नो परिवारसहित देश छाडेका थिए, तर धेरैले लेबनानको द्रुत रूपमा परिवर्तन भइरहेको परिस्थितिमा बस्न रुचाएपनि पछिल्लो द्वन्द्वका कारण आजित भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार