images
images

दिल्लीको वायु गुणस्तर खराब स्तरमा, काठमाडौँ प्रदूषित सहरको आठौँ स्थानमा

दिल्लीको वायु गुणस्तर खराब स्तरमा, काठमाडौँ प्रदूषित सहरको आठौँ स्थानमा

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • दिल्लीको वायु गुणस्तर खराब स्तरमा, काठमाडौँ प्रदूषित सहरको आठौँ स्थानमा

    भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ । 

    images
    images
    images
    images

    चीसोमा मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । पछि धुवाँले राजधानीलाई ढाकेको छ ।  

    केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो। 

    इन्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजङ्गमा ३०७ रेकर्ड गरिएको छ । यो तहले वायुको खराब गुणस्तरलाई चिन्ह्ति गर्छ ।

    यसैबीच, भारतका नदीहरूमा प्रदूषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ ।
     
    वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरण मैन्त्री शासनको पूर्ण उपहासको रुपमा व्याख्या गर्नुभएको छ । उहाँले प्रदूषण दिल्लीबाटै भएको उल्लेख गर्नुभएको छ । 

    यसअघि एएनआईसँग कुरा गर्दै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताउनुभएको थियो । 

    उहाँका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठूलो मात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन्  । 

    यता, काठमाडौँको वायुको गुणस्तर पनि बिग्रँदो छ । बिहान ९ बजेको मापन अनुसार वायुको गुणस्तर सूचकाङ्क १४८ रहेको छ । काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार