images
images

सरकारले महशुस गरेको खण्डमा मिनेटभरमा दल विभाजनसम्बन्धी अध्यादेश आउँछः एमाले नेता रिजाल

सरकारले महशुस गरेको खण्डमा मिनेटभरमा दल विभाजनसम्बन्धी अध्यादेश आउँछः एमाले नेता रिजाल

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • सरकारले महशुस गरेको खण्डमा मिनेटभरमा दल विभाजनसम्बन्धी अध्यादेश आउँछः एमाले नेता रिजाल

    काठमाडौँ / नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन गत असार १७ गते एमाले–कांग्रेसबीच भएको सहमतिअनुसार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । 

    images
    images
    images
    images

    आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनलाई केन्द्रमा राखेर यो सरकार अगाडि बढिरहेको बताएका हुन् । 

    उनले माओवादीसँग संविधान संशोधनको विषयमा सहमति नभएको खण्डमा अगामी राष्ट्रिय सभाको निर्वाचनपछि भएपनि दुवै सदनमा दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गरिने उनको दाबी छ । 

    ‘एमाले र कांग्रेसबीच भएको सहमतिको सैद्धान्तिक आधार अहिले पनि कायम छ । राजनीतिक स्थायित्व र आर्थिक विकासको एजेण्डालाई केन्द्रमा राखेर दुईवटा पार्टीले जुन ढंगलको सहमति गरेका थिए, त्यो मार्गमा सरकार दृढतापूर्वक अगाडि बढेको छ । संविधान संशोधनलाई हामीले केन्द्रमा राखेका छौं । हामीले प्रमुख प्रतिपक्षी दललगायतका दलहरुसँग पनि यस विषयमा सहमति चाहेका छौं ।’ नेता रिजालले भने, ‘यदि माओवादी केन्द्रसित सहमति भयो भने हामी छिट्टै संविधान संशोधनको प्रकृया अगाडि बढाउँछौं । यदि सहमति भएन भने हामीले अर्को डेढ वर्षजति कुर्नुपर्ने हुन्छ । जहाँ राष्ट्रिय सभाको गणितलाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुवै सदनबाट दुई तिहाई बनाएर हामी संविधान संशोधनमा जान्छौं ।’ 

    साथै, शान्ति प्रक्रियाका बाँकी काम टुङ्याउन टीआरसी ऐनलगायतका काम वर्तमान सरकारको महत्वपूर्ण उपलब्धी रहेको उनले बताए । वर्तमान सरकारको नेतृत्वमा पुँजीगत खर्चमा बृद्धि भएको, शेयर बजार चलायमान भएको, विदेशी लगानीको प्रतिवद्धता बढिरहेको, निजी क्षेत्रमा विश्वास बढ्दै गएको नेता रिजालले बताए । 
    सरकारले वैदेशिक सम्बन्धमा पनि नेपालको सर्वोपरी हितको पक्षमा काम गरिरहेको उनको दाबी छ । 

    त्यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएका केही व्यक्तिले उन्मुक्ति पाउन नहुने उनले बताए । कानुनले आफ्नो बाटो लिनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । नेता रिजालले एमाले सहकारी ठगीमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा नरहेको बताए । 

    ‘सहकारी ठगीसँग जोडिएको कोही मान्छे पक्राउ पर्ने, कोही मान्छे पक्राउ नपर्ने हुँदैन । कानुनले आफ्नो बाटो लेओस् । जो–जो साथीहरुको बारेमा यहाँ नामै लिएर प्रश्न उठेको छ, मलाई थाहा छैन, उहाँहरुविरुद्ध उजुरी छ कि छैन ? केही पीडित हुनुहुन्छ भने उजुरी गर्नुपर्यो । एमाले कुनै पनि हिसाबमा सहकारी पीडितहरुको पक्षलाई कमजोर बनाउने, सहकारी ठगीमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा छैन,’– उनले भने । 

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले पनि उच्चस्तरको समझदारी रहेको उनको दाबी छ । 

    नेता रिजालले देउवा–ओलीबीच सम्बन्ध चिसिएको भनेर भइरहेका हल्लाहरु सबै अफवाह रहेको बताए । साथै, सरकारले अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुपर्ने महुशस नगरेको उनले बताए । सरकारले महशुस गरेको दिन एक मिनेटमा अध्यादे आउने उनको चेतावनी छ । 

    ‘सत्तारुढ दलहरुको बीचमा जे–जे विषयमा सहमति हुन्छ, तिनै विषयमा हामी अगाडि बढ्छौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा उच्चस्तरको समझदारी छ ।’ नेता रिजालले, ‘उहाँहरुको समझदारीबाहेक प्रधानमन्त्रीले एउटा विषय अगाडि बढाउन खोज्ने, कांग्रेसले रोक्ने यो सबै अफवाह हुन् । अध्यादेशको बारेमा सत्तारुढ गठबन्धनमा कुनै पनि विमति छैन । आवश्यक भयो र सत्तारुढ गठबन्धनलाई महसुश भयो भने एक मिनेटमा अध्यादेश आउँछ, त्यसमा कुनै समस्या छैन । तर, अहिले त्यो हामीले महसुश गरेका छैनौं ।’ 

    त्यस्तै, नेता रिजालले एमाले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा विवाद गर्नुको अर्थ नरहेको बताए । कुनै व्यवसायीले विना स्वार्थ दिएको दान, उपहार स्वीकार गर्ने एमालेको नीति रहेको बताउँदै उनले सोही नीतिअनुरुप जग्गा लिइएको बताए । जग्गा लिएको आधारमा मिनबहादुर गुरुङले कुनै पनि मुद्दामा उन्मुक्ति पाउने अवस्था नआउने उनको भनाइ छ । 

    ‘एमालेले केन्द्रीय कार्यालयको शिलान्यास गरेको छ । तपाईँहरु सबैलाई थाहा छ, त्यो जग्गा हामीलाई व्यवसायी मीनबहादुर गुरुङजीले प्रदान गर्नुभएको छ । यसका लागि नेकपा (एमाले) ले उहाँलाई धन्यवाद व्यक्त गरेको छ । हामीलाई कसैले दिन्छ भने  हामी स्वीकार र्छौं, हाम्रो स्वीकार गर्ने नीति छ । मान्छेले के काम गर्छ, अदालतमा मुद्दा छ कि के छ त्यो विषय उहाँले जान्ने कुरा हो । हामीसँग जे भएको छ, त्यसबापत छुट पाउने भए भोलि देख्नु होला नि । अदालत छ, कानुन छ, कानुनअनुसार हुन्छ । हामीले गरेकै कारण मीनबहादुरजीको काम भएको जस्तो प्रचार नगरौं,’– उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार