images
images

ओसाकामा ‘नेपाल फेस्टिवल’ हुने, नेपाली सँस्कृति र एकता प्रवर्द्धन लक्ष्य

ओसाकामा ‘नेपाल फेस्टिवल’ हुने, नेपाली सँस्कृति र एकता प्रवर्द्धन लक्ष्य

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • ओसाकामा ‘नेपाल फेस्टिवल’ हुने, नेपाली सँस्कृति र एकता प्रवर्द्धन लक्ष्य
    images
    images

    गल्कोट समाज कान्साईले ओसाकाको नेपाली इतिहासमा पहिलो पटक ‘ नेपाल फेस्टिभल’ गर्ने भएको हो ।

    टोकियो – गल्कोट समाज कान्साई (ओसाका) ले कान्साईको नेपाली इतिहासमा पहिलो पटक ‘प्रथम नेपाल फेस्टिवल’ गर्ने भएको छ । 

    समाजले संसारभर छरिएर रहेका गल्कोटेहरुलाई एकजुट गर्दै नेपाली संस्कृति, कला, र परम्परालाई जापानी समुदाय र अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले ‘प्रथम नेपाल फेस्टिवल’ आयोजना गर्ने निर्णय गरेको हो ।

    यो ऐतिहासिक फेस्टिभल आगामी नेपाली नयाँ वर्ष २०८२ (अङ्ग्रेजी वर्ष २०२५ को जुन १४ र १५ तारिख) का दिन ओसाका सहरमा अवस्थित इकबपब ऋचभबतष्खभ ऋभलतभच मा हुने भएको छ।

     ‘उठौं जुटौं, हातेमालो गरौं, संसारका गल्कोटे एकजुट होऔं ’ भन्ने नाराका साथ आयोजना हुने यस फेस्टिवलमा नेपालको वेषभूषा, कला, साहित्य, संस्कार–संस्कृति, सभ्यता, र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिने समाजका अध्यक्ष नरबहादुर थापाले बताए।

     उनका अनुसार नेपालको प्राकृतिक, धार्मिक, पौराणिक र ऐतिहासिक महत्त्व झल्कने कार्यक्रमहरू समावेश गरिनेछ।

    फेस्टिवलले नेपालका सांस्कृतिक पक्षलाई जापानी समुदाय र अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनका साथै नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

     फेस्टिवलमा नेपालका विभिन्न सांस्कृतिक विधाका दर्जनौं राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । 

    कलाकारहरूले नेपाली संस्कृति र कलाको विविध पक्षलाई उजागर गर्नेछन्, जसले जापानमा रहेका नेपाली समुदायलाई मात्र नभई जापानी दर्शकहरूलाई पनि मोहित गर्ने विश्वास गरिएको छ ।

    फेस्टिवलबाट संकलित आम्दानी संसारभरका गल्कोटेहरूले अपनत्व महसुस गर्ने ‘अन्तर्राष्ट्रिय गल्कोट समाजको बहुसांस्कृतिक तथा बहुउद्देश्यीय समाज घर’ निर्माणमा लगानी गरिनेछ । 

    घरले नेपाली समुदायलाई भौतिक, आर्थिक र नैतिक सहयोग प्रदान गर्न सक्षम हुने लक्ष्य समाजले लिएको छ ।

    जापानजस्तो व्यस्त देशमा पनि, कान्साईमा सक्रिय संघसंस्था र नेपाली समुदायको साथ र समर्थनले फेस्टिवल सफल बनाउने आयोजकको विश्वास छ । 

    गलकोट समाज कान्साईले नेपाली समाजसेवाको गौरवमय इतिहासलाई अझ बलियो बनाउन यो प्रयासलाई अघि बढाएको हो ।

    कार्यक्रम स्थल
    Osaka Creative Center
    ठेगाना : 4 Chome-1-55 Kitakagaya, Suminoe Ward, Osaka, 559-0011

    यो फेस्टिवल जापानमा रहेका सम्पूर्ण नेपालीहरूका लागि गर्वको विषय मात्र नभई, नेपालको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सुनौलो अवसर हो । 

    यो ऐतिहासिक कार्यक्रमले गल्कोटे र सम्पूर्ण नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्दै नेपाली कला र संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिईएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार