images
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड जम्मा

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड जम्मा

    काठमाडौँ / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । 

    images
    images
    images
    images

    उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । 

    सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

    विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार