images
images

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

    इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको हैसियत देखाउने बताएका छन् ।

    images
    images
    images
    images

    इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरेपछि इरानले अक्टोबर १ मा इजरायलमाथि गरेको मिसाइल आक्रमणको जवाफस्वरूप इजरायलले इरानमाथि कडा आक्रमणको तयारी गरेको छ ।

    गालान्टले बुधबार हत्जरिम एयरबेसमा हवाई दलसँग भेटघाट गर्दै इरानमाथि आक्रमणपछि इजरायल र अरूले इजरायली सेना कस्तो तयारीमा रहेको बुझेका हुने बताएका छन् । उनले एक्समा पनि सैनिकहरूको तयारी र प्रशिक्षणको बारेमा चर्चा गर्दै इजरायललाई नोक्सान पुर्‍याउने कुनै पनि शत्रुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    यसैबीच, इजरायल र अमेरिकाबीच इरानका कुन क्षेत्रलाई निशाना बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । जसमा अमेरिकाले इरानको तेल उद्योग र आणविक कार्यक्रममाथि हमला नगर्न आग्रह गरेको छ । 

    इजरायलले लेबनानमा समेत हवाई आक्रमण जारी राखेको छ, जहाँ हालै हिजबुल्लाहका उच्च नेता हाशेम सफिउद्दीनको मृत्यु भएपछि संगठनको नेतृत्व संकटमा परेको छ । 

    इजरायलले दक्षिणी लेबनानको टायर सहरमा समेत हवाई आक्रमण गरेको छ, जसले हजारौँ विस्थापित परिवारहरूलाई थप संकटमा पारिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार