images
images

पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याइने

पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याइने

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याइने

    काठमाडौँ / बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागिएको बताएका छन् । 

    images
    images
    images
    images

    १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसायलाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि  बढ्नुपर्ने बताएका हुन् । 

    उनले भने, ‘कृषि  क्षेत्रको विकास  र प्रर्वद्घनमा विशेष गरी  पुष्प व्यवसायलाई प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले पुष्प व्यवसायीलाई  प्राथमिकतामा राखेर एउटा विशेष कार्यक्रम ल्याँउन लागेका छौंै । बागमती प्रदेश सरकार मातहतमा रहेका हाम्रो कार्यालयहरुसँग समन्वय गरेर कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायी खेतीको  लागि प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले काम अगाडि बढाउने क्रममा छौं ।’

    साथै उनले पुष्प व्यवसायको विकासमा तीनै तहका सरकारले जोड दिनुपर्ने बताए  । उनले संघियतामा मुलुक गैइसके पछाडि पुष्प व्यवसायी र सरकारबीच समन्वयको अभाव भएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार