images
images

रविलाई सात दिन थुनामा राख्ने अनुमती विरुद्ध पोखरामा प्रदर्शन

रविलाई सात दिन थुनामा राख्ने अनुमती विरुद्ध पोखरामा प्रदर्शन

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • रविलाई सात दिन थुनामा राख्ने अनुमती विरुद्ध पोखरामा प्रदर्शन

    पोखरा / सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएपछि रास्वपा कार्यकर्ता एवम समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका हुन् । 

    images
    images
    images
    images

    कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएलगत्तै रास्वपाका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका थिए ।

    निषेधित क्षेत्र तोड्दै राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका थिए । निषेधित क्षेत्र तोडेपछि प्रहरीले भिडलाई तितरवितर पार्न दुई सेल अश्रुग्यास प्रहार गरेको थियो।

    कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

    बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि समर्थकहरु आक्रोशित बनेका थिए ।
     
    अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै विहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याएको थियो । 

    रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

    गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार