images
images

दुई महिनामा साढे १८ करोड बढी सहुलियतपूर्ण कर्जा स्वीकृत, कृषिमा सबैभन्दा बढी, अन्य कहाँ कति ? (सूचीसहित)

दुई महिनामा साढे १८ करोड बढी सहुलियतपूर्ण कर्जा स्वीकृत, कृषिमा सबैभन्दा बढी, अन्य कहाँ कति ? (सूचीसहित)

भदौँसम्ममा सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान गएको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • दुई महिनामा साढे १८ करोड बढी सहुलियतपूर्ण कर्जा स्वीकृत, कृषिमा सबैभन्दा बढी, अन्य कहाँ कति ? (सूचीसहित)

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिनाको अवधीमा नेपाल राष्ट्र बैंकले साढे १८ करोड भन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । 

    images
    images
    images
    images

    केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष को दुई महिना (साउनदेखि भदौँ मसान्त) सम्मको अवधीमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने १ खर्ब ८५ अर्ब ६४ करोड २७ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो । 

    भदौँसम्ममा सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान गएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट कुल १ लाख १९ हजार ४४७ ऋणीका लागि उक्त सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो ।

    सबैभन्दा धेरै कृषिमा

    राष्ट्र बैंकको अनुसार भदौँ मसान्तसम्मको अवधीमा सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपन्छी तर्फ स्वीकृत भएको छ । यो शिर्षकमा ४५ हजार ७४७ ऋणीका लागि १ खर्ब ९ अर्ब ४० करोड १४ लाख रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको हो । 

    जसमा बिना धितो १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ र धितोमा १ खर्ब ७ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । 

    दोस्रो सर्वाधिक धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फको स्वीकृत भएको छ। यो क्षेत्रमा ७१ हजार ७२८ ऋणीका लागि ७३ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

    कपडा उद्योग सञ्चालनतर्फ १०१ ऋणीका लागि १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।

    कुन क्षेत्रमा कति ? हेर्नुस् सूची 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार