काठमाडौँ / माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०८१ साल माघ १८ गते शुक्रबारका १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय छ ।
अधिवेशनका लागि मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले समपूरक अनुदान सम्बन्धी कार्यविधि र विशेष अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । सरकारले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ र कोभिड-१९ को महामारीवाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गरेको छ ।
त्त्यस्तै, सरकारले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ ।
विस्तृतमा हेर्नुस्