images
images

सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेशमन्त्री सिलवाल

सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेशमन्त्री सिलवाल

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेशमन्त्री सिलवाल

    काठमाडौँ / वागमति प्रदेश, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले अब आउने नयाँ नीतिमा सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने कुरालाई सम्बोधन गर्ने बताएका छन् । 

    images
    images
    images
    images

    शुक्रबार नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित तिहार फ्लोरा एक्सपो–२०८१ को उद्घाटन गर्दै उनले सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने र बजेटको कुरा अर्को पटकको प्रदर्शनीमा उठाउनुपर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

    उनले भने, ‘सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्नको लागि जुन कुरा उठाउनु भएको छ अब आउने नयाँ नीतिमा त्यो कुरा अलि अलि सम्बोधन भएको छ । अर्को वर्ष आउने नीतिमा सबैलाई चित्त बुझ्ने गरि सम्बोधन गर्ने छु । यसमा ढुक्क भए हुन्छ । यसको साथै बजेटको कुरामा पनि अर्को पटकको प्रदर्शनीमा बजेटको कुरा उठाउनु पर्ने अवस्था नआउने पनि विश्वास दिलाउन चहान्छु ।’

    यस्तै, उनले व्यवसायमा लागि सकेपछि रोजि रोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नु पर्ने भन्दै त्यसमा तीन वटै सरकारले सहयोग गर्न आवश्यक रहेको बताए । 

    उनले भने, ‘यो व्यवसायमा लागि सकेपछि कमसेकम रोजि रोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नु पर्छ त्यसको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकार तीन वटै सरकारले सहयोग गर्न आवश्यक छ । हामी त्यो गर्न तयार छौ यो कुरामा म सबैलाई विश्वस्त गर्न चहान्छु ।’
    पुष्प, जडिबुटि, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सक्षम हुनु पर्ने भन्दै यसतर्फ सोच्न सबैलाई आग्रह गरेका छन् । 

    उनले भने, ‘पुष्प, जडिबुटि, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा यो देशलाई अगाडि बढाउन सक्षम हुनु पर्छ । हामीले गरेका कामले रोजगारी सिर्जना हुनु पर्छ । युवाहरुलाई बाहिर पठाउने होईन, हाम्रो उत्पादनहरुलाई पठाउन सक्षम हुनुपर्छ जसको कारण हामी आर्थिक रुपले पनि सम्पन्न हुन्छौ र नेपाललाई पहिचान दिन पनि सक्छौ । यसतर्फ सोच्न सबैलाई आग्रह गर्न चहान्छु ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार