images
images

एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स

एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स

    काठमाडौँ / क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका छन् । 

    images
    images
    images
    images

    यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका हुन् । 

    एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगको लागि आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन् ।

    रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन् । सञ्चालक श्रेष्ठले भने, ‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं । उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ । युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ ।’ 

    रोड्स, जसले मुम्बई इन्डियन्स र हाललखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन् । क्रिकेटमा आफ्नो प्रभावशाली यात्रा उनले जारी राखेका छन्। पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले भने, ‘यस टिममा हुन पाउँदा म उत्साहित छु । अब म मेरो सीप र अनुभव मार्फत सम्पूर्ण  खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग
    गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु।’ उनले उद्देश्यअनुसार जान सकिए खेल सकिँदासम्म प्रत्येक खेलाडी उत्कृष्ट हुने विश्वास लिएका छन् ।

    रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए। हाल उनी आईपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध छन्। पोकहरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ । 

    जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्त्वपूर्ण हुने
    निश्चित छ । उनी पोखरा एभेन्जर्समा समावेश गरिनुले नेपालको क्रिकेटमा नयाँ युगको सुरुवातको संकेत मानिएको छ। रोड्सको अनुभवले टोलीको प्रदर्शनलाई सुधार्ने र युवा खेलाडीहरूको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ । रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउनेछन् ।

    उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् । उत्कृष्ट फिल्डिङका लागि पनि उनी परिचित छन्।  रोड्सले विभिन्न राष्ट्रिय टिम र आईपीएलसँगको कोचिङमा सफलतापूर्वक कदम अघि बढाइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार