images
images

असोज मसान्तसम्म हिमालयन बैंकको खुद मुनाफा ७२ करोड ६४ लाख, इपिएस कति ?

असोज मसान्तसम्म हिमालयन बैंकको खुद मुनाफा ७२ करोड ६४ लाख, इपिएस कति ?

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • असोज मसान्तसम्म हिमालयन बैंकको खुद मुनाफा ७२ करोड ६४ लाख, इपिएस कति ?

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले चालु आर्थिक बर्षको असोज मसान्तसम्म ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा ३२ करोड ९७ लाख ५१ हजार रुपैयाँले कम हो । 

    images
    images
    images
    images

    गत आर्थिक बर्षको असोज मसान्तमा हिमालयन बैंकले १ अर्ब ५ करोड ६१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो भने समीक्षा अवधिमा सो नाफा घटेर ७२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको हो । 

    खुद ब्याज आम्दानी, खुद फि तथा कमिसन आम्दानी, कुल सञ्चालन आम्दानीमा गिरावट आएसँगै बैंकको नाफामा पनि गिरावट आएको देखिन्छ । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशतले घटेर २ अर्ब ४५ करोड ९ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष तीन महिनामा बैंकले ३ अर्ब १७ करोड ७९ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो । 

    त्यस्तै, हिमालयन बैंकले गत आवको पहिलो तीन महिनाको तुलनामा १५.६८ प्रतिशत कम २४ करोड ६८ लाख २८ हजार रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी २०.८९ प्रतिशत कम २ अर्ब ८३ करोड ६५ लाख ९५ हजार रुपैयाँ मात्रै गर्न सकेको छ । 

    यसैगरी इम्पेरिमेन्ट चार्ज र वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ भने  कर्जा लगानी समेत १.५७ प्रतिशतले घटेको छ । गत बर्ष २ अर्ब ९३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ३२ करोड ४९ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

    यस बर्ष सोही अवधिमा भने बैंकले ३ खर्ब २६ अर्ब ९ करोड ४१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २८ अर्ब ८४ करोड १४ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । 

    असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब ७४ करोड २ लाख रुपैयाँ छ । 

    यसैगरी बैंकको इपिएस १३ रुपैयाँ ४२ पैसा रहेको छ भने नेटवर्थ प्रतिसेयर १७९ रुपैयाँ ६८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा सामान्य बढेर ४.९८ प्रतिशत पुगेको छ भने सिडी रेसियो ७४.०७ र आधार दर ८.३५ प्रतिशत रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार