images
images

नेपालमा तीन ओटा मौसमी प्रणालीको प्रभाव : मङ्गलबारसम्म कहाँ कहाँ छ बर्षाको सम्भावना ?

नेपालमा तीन ओटा मौसमी प्रणालीको प्रभाव : मङ्गलबारसम्म कहाँ कहाँ छ बर्षाको सम्भावना ?

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • नेपालमा तीन ओटा मौसमी प्रणालीको प्रभाव : मङ्गलबारसम्म कहाँ कहाँ छ बर्षाको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

    images
    images
    images
    images

    हाल कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आइतबार कोशी र बागमती प्रदेशलगायत देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार कोशी प्रदेश लगायत देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । मङ्गलबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार