images
images

जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारुढ जीडी पार्टीले ५३ प्रतिशत मत

जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारुढ जीडी पार्टीले ५३ प्रतिशत मत

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारुढ जीडी पार्टीले ५३ प्रतिशत मत

    काठमाडौँ / जर्जियामा संसद निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । 

    images
    images
    images
    images

    अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दावी गरेको छ ।

    करीब ४० लाख जनसंख्या भएको यो देशमा यस निर्वाचनलाई युरोपियन युनियन (इयु) सदस्यता प्राप्तिको महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ ।

    सन् २०१२ देखि जीडी पार्टी सत्तामा रहँदै देशलाई पश्चिमबाट टाढा र रुसको नजिक ल्याउन प्रयासरत छ । यसैले यो निर्वाचनलाई रुसको युरोपको यात्राको जनमत संग्रहको रुपमा ब्याख्या गरिएको छ ।

    जीडीका संस्थापक बिदिजना इभानिशविलिले मतदान समाप्तिपछि विजयी भएको दावी गर्दै भने, ‘जर्जियाली जनताको मतको कदर गर्दै अघि बढ्छौं’

    जीडीले बहुमत हासिल गरेमा जर्जियाको इयुको सदस्यताको सम्भावनालाई धेरै हदसम्म रोक्नेछ । अहिलेको सत्तारुढलाई फालेर विपक्षीहरु मिलेर सरकार बनाउनले र इयुमा समावेश हुने एजेन्डाका साथ चुनावी मैदानमा गएका थिए ।

    मास्को र ब्रसेल्स दुवैले यस निर्वाचनलाई नजिकबाट हेरिरहेका छन्, किनभने इयुले यो नतिजालाई जर्जियाको भविष्यसँग जोडेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार