images
images

एनआरएनएलाई प्रधानमन्त्री ओलीको सुझाव : एकताबद्ध हुनुहोस्, ‘राजनीतिक टग अफ वार’ नगर्नुहोस्

एनआरएनएलाई प्रधानमन्त्री ओलीको सुझाव : एकताबद्ध हुनुहोस्, ‘राजनीतिक टग अफ वार’ नगर्नुहोस्

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • एनआरएनएलाई प्रधानमन्त्री ओलीको सुझाव : एकताबद्ध हुनुहोस्, ‘राजनीतिक टग अफ वार’ नगर्नुहोस्

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरेका छन् । आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संघलाई हस्तक्षेप नगर्ने बताएका हुन् ।

    images
    images
    images
    images

    उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए ।

    उनले भने, “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।” 

    उनले  सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने,“म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”

    आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उपेन्द्र महतोेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार