images
images

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयनको अन्तिम चरणमा

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयनको अन्तिम चरणमा

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयनको अन्तिम चरणमा
    images
    images

    काठमाडौँ / १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आइपिओ)बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुने अन्तिम अवस्थामा पुगेको जानकारी दिएका हुन् । 

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताए । 

    अध्यक्ष  डा केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसँगै लगानी भित्राउन बाटो खुल्ने बताए । 

    “विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,” अध्यक्ष केसीले भने, “पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यन्वयनमा आउने अवस्था छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार