images
images

तीन महिनामा जीवन बिमा कम्पनीहरूले गरे ४१ अर्बको व्यापार, रिलायबल, नेशनल र सिटिजनको व्यापारमा उच्च बृद्धि

तीन महिनामा जीवन बिमा कम्पनीहरूले गरे ४१ अर्बको व्यापार, रिलायबल, नेशनल र सिटिजनको व्यापारमा उच्च बृद्धि

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • तीन महिनामा जीवन बिमा कम्पनीहरूले गरे ४१ अर्बको व्यापार, रिलायबल, नेशनल र सिटिजनको व्यापारमा उच्च बृद्धि

    काठमाडौँ / चालु आर्थिक बर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूको व्यापार २७ करोड ८५ लाख रुपैयाँले बृद्धि भएको छ । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल नेपालमा सञ्चालित १४ ओटा बिमा कम्पनीहरूको व्यापार गत आवको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा ०.६८ प्रतिशतले बृद्धि भएको हो । 

    images
    images
    images
    images

    गत बर्ष असोज मसान्तसम्म जीवन बिमा कम्पनीहरूले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा यस बर्ष सोही अवधिमा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँबढीको व्यापार गरेका हुन् । गत बर्षको तुलनामा दुई ओटा बिमा कम्पनीबाहेक बाँकी १२ ओटा कम्पनीको व्यापारमा बृद्धि भएको छ । 

    रिलायबल नेपाल लाइफको व्यापारमा उच्च अङ्कको बृद्धि 

    असोज मसान्तसम्मको तथ्याङ्क अनुसार तीन महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यापार उच्च अङ्कले बढेको छ । अन्य कम्पनीको तुलनामा रिलायबलले एक बर्षमा १९.२७ प्रतिशतले व्यापार बृद्धि गरेको हो । गत बर्ष असोज मसान्तसम्म १ अर्ब १ करोड २८ लाख रुपैयाँ बराबरको व्यापार गरेको यो कम्पनीले समीक्षा अवधिमा सो रकम बढाएर १ अर्ब २० करोड ८० लाख रुपैयाँ पुर्याएको हो । 

    त्यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत बर्ष असोज मसान्तसम्म ४ अर्ब १९ करोड २६ लाख रुपैयाँ बराबरको बिमा शुल्क सङ्कलन गरेकोमा यस बर्ष सोही अवधिमा यो रकम १६.९९ प्रतिशतले बृद्धि गरी ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ पुर्याएको हो । 

    तेस्रो स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले यस बर्ष असोज मसान्तसम्म १ अर्ब ७४ लाख ७४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत बर्ष सोही अवधिमा १ अर्ब ५० करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको बिमा शुल्क रकम यस बर्ष १६.१४ प्रतिशतले बृद्धि भएको छ । 

    आइएमई लाइफ इन्स्योरन्स कम्पनीको व्यापार भने तीन महिनामा १०.३५ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म १ अर्ब १० करोड २ लाख रुपैयाँ बराबरको व्यापार गरेको आइएमई लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा १ अर्ब २१ करोड ४१ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

    यता, सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा संस्थानको व्यापारमा भने उच्च गिरावट आएको छ । गत बर्ष असोज मसान्तसम्ममा ४ अर्ब ५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको बिमा संस्थानले यस बर्ष भने १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ मात्रैको व्यापार गरेको छ । बिमा संस्थानको व्यापार गत आवको तीन महिनाको तुलनामा ६५.३५ प्रतिशतले बढी हो । 

    त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको व्यापारमा पनि सामान्य गिरावट आएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यस बर्ष कम्पनीको नाफा १.५८ प्रतिशतले घटेको हो । हिमालयन लाइफ इन्स्योरेन्सले गत बर्ष साउनदेखि असोजसम्म ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा यस बर्ष सोही अवधिमा ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

    नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क सबैभन्दा बढी 

    असोज मसान्तसम्म जीवन बिमा कम्पनीहरूले आर्जन गरेको बिमा शुल्कको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । गत बर्षको पहिलो त्रैमासको तुलनामा व्यापार ९.५१ प्रतिशतले बृद्धि गरेको यो कम्पनीले सबैभन्दा बढी ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क रकम १० अर्ब ९५ करोड १ लाख रुपैयाँ थियो । 

    note beema.JPG

    त्यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बिमा शुल्क रहेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा व्यापार शुल्क १.४६ प्रतिशतले बृद्धि भएको यो कम्पनीले तीन महिनामा ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

    सबैभन्दा कम बिमा शुल्क आर्जन गर्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । बिमा शुल्क ५.२२ प्रतिशतले बृद्धि गरेको यो कम्पनीले चालु आवको पहिलो त्रैमासमा ९३ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । गत बर्ष सोही अवधिमा कम्प्नीले ८८ करोड ६४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार