images
images

साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु

साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु
    images
    images

    काठमाडौँ / दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु भएको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेल सुरु भएको हो । फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रङ्गशालामा उपस्थिति छन्। 

    सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

    यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै  चित्त बुझाउन बाध्य बनेको थियो । नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । 

    यसपटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ । नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् ।

    नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन् । 

    नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको  थियो ।

    यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार