रवि र जिबीले ठगेको ६८ करोड फिर्ता गरे मुद्दा फिर्ता हुन्छ : महेश बस्नेत

रवि र जिबीले ठगेको ६८ करोड फिर्ता गरे मुद्दा फिर्ता हुन्छ : महेश बस्नेत

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • images
    images
    रवि र जिबीले ठगेको ६८ करोड फिर्ता गरे मुद्दा फिर्ता हुन्छ : महेश बस्नेत

    काठमाडौँ / नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपा सभापति रवि लामिछाने र जिबी राईले ठगेको रकम फिर्ता गरे मुद्दा फिर्ता हुने बताएका छन् । 

    सामाजिक सञ्जालमा लेख्दै उनले लामिछाने र राईले ठगेको ६८ करोड फिर्ता गरे स्वतः महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिने बताएका हुन् । साथै, उनले बाँसबारीको व्यक्तिको नाममा गएको जमिन सरकारको नाउमा फिर्ता भएकाले मुद्दा फिर्ता भएको स्पष्ट पारेका छन् । 

    उनले बाँसबारी जग्गा प्रकरणको मुद्दा फिर्ता लिएको विषयमा महान्यायाधिवक्तालाई पैसासँग जोडेर गाली गर्नु अल्पज्ञान र ठगको पक्षपोषण गर्नु भएको बस्नेतको जिकिर छ । 

    बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “रवि र जिबीले ठगेको ६८ करोड फिर्ता गरेत स्वत महान्यायाधिवक्ताले मुद्दा फिर्ता लिन्छन्। बाँसबारीको व्यक्तिको नाममा गएको जमिन सरकारको नाउँमा फिर्ता भइसकेकोले मुद्दा फिर्ता भएको हो। यो विषयमा महान्यायाधिवक्तालाई पैसासँग जोडेर गाली गर्नु अल्पज्ञान र ठगको पक्षपोषण गर्नु हो ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय