images
images

ग्लोबल आइएमईले डाक्यो साधारणसभा : बुक क्लोज मिति तोकियो, केके छन् प्रस्तावहरू ?

ग्लोबल आइएमईले डाक्यो साधारणसभा : बुक क्लोज मिति तोकियो, केके छन् प्रस्तावहरू ?

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • ग्लोबल आइएमईले डाक्यो साधारणसभा : बुक क्लोज मिति तोकियो, केके छन् प्रस्तावहरू ?
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ बार्षिक साधारण सभा डाकेको छ । बैंकको कार्तिक १४ गते बसेको सञ्चालक समितिको ४४७औँ बैठकले १८औँ साधारण सभा मंसिर २७  गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा डाकेको हो । 

    साधारण सभाका लागि बैंकले मंसिर ९ गते बुक क्लोज मितिसमेत तय गरिसकेको छ ।  उक्त साधारण सभाले बैंकको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गर्नेछ । 

    त्यस्तै, सभाले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्यूरिटिजको आव २०८०/८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने बताइएको छ । 

    कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८१/८२ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुत्ति गर्नेलगायतका प्रस्तावहरू सभामा छलफल गरिने बैंकले जनाएको छ । 

    यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफा तथा पुँजी समायोजक कोष समेतबाट बैंकको चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पुँजी बृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभामा छलफल हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार