images
images

डेडिकेटेड र ट्रंक लाइन महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय

डेडिकेटेड र ट्रंक लाइन महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • डेडिकेटेड र ट्रंक लाइन महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय
    images
    images

    काठमाडौँ / डेडिकेटेड र ट्रंक लाइन महसुल नबुझाएका उद्योगमा पनि लाइन जोडिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगहरूमा पनि बिजुली लाइन जोड्ने निर्णय गरेको हो । 

    मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरी महसुल नतिरेका उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । 

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए । 

    मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

    “१५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,” मन्त्री खड्काले भने । 

    उनले प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने बताए । 

    “बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुन्छ, तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि कारबाही हुन्छ,” मन्त्री खड्काको भनाइ छ। 

    २४ घण्टाभित्र उद्योगहरूमा लाइन जोडिदिने निर्णय कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयले पठाएको पत्र प्राधिकरणमा सोमबार नै पुगेको छ । 

    तर, सञ्चालक समितिको बैठकको निर्णयमा हस्ताक्षर गरे पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्णय कार्यान्वयनमा अनिच्छा व्यक्त गर्दै आएका छन् ।

    आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेकोमा ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि लाइन जोडिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार