images
images

राष्ट्र बैंकको प्रतिवेदन : साइबर प्रविधिमा आधारित ठगीमा सबैभन्दा बढी विद्यार्थी संलग्न

राष्ट्र बैंकको प्रतिवेदन : साइबर प्रविधिमा आधारित ठगीमा सबैभन्दा बढी विद्यार्थी संलग्न

अधिकांश शङ्ककास्पद खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • राष्ट्र बैंकको प्रतिवेदन : साइबर प्रविधिमा आधारित ठगीमा सबैभन्दा बढी विद्यार्थी संलग्न
    images
    images

     काठमाडौँ / साइबर प्रविधिमा आधारित ठगीमा सबैभन्दा बढी विद्यार्थीहरू संलग्न रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदन २०२४ का अनुसार यस्तो प्रकारको शङ्कास्पद कारोबारमा १९ बर्षदेखि २४ बर्षसम्मका विद्यार्थीहरूको संलग्ना रहेको पाइएको हो । 

    राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (Cyber Enabled Frauds) का विषयमा सो प्रतिवेदन तयार पारेको थियो । 

    साथै, प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ ।

    प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका Cyber Enabled Frauds सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ ।

    उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १९-२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको हो ।

    यसैगरी, अधिकांश शङ्ककास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । 

    साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट/पार्सल फ्रड, सामाजिक सञ्जाल प्रतिरुपण, नक्कली अनलाई व्यापार प्लेटफर्म, ओटिपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

    सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिवेदनमा Cyber Enabled Frauds का विशेषता र यसमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ ।

    प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ ।

    प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगी सम्बन्धी ‘रेढ फ्ल्याग्स्’ को सूची प्रस्तुत गरिएको छ । साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार