काठमाडौँ / आइतबार घटेर कारोबार भएको सुनचाँदीको भाउ सोमबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुनको भाउ सोमबार बढेर १ लाख ६१ हजार रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउसमेत प्रतितोला १५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय २० रुपैयाँ पर्नेछ ।