images
images

फलफूल तथा तरकारीको विषादी परीक्षण तीन महिनादेखि बन्द

फलफूल तथा तरकारीको विषादी परीक्षण तीन महिनादेखि बन्द

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • फलफूल तथा तरकारीको विषादी परीक्षण तीन महिनादेखि बन्द
    images
    images

    चितवन / भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । 

    मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो । 

    कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो ।  

    दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिए । 

    मौषम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिदैँ आइएको थियो ।

    प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो । त्यसपछि वार्षिक सात सयभन्दा बढि नमूना परीक्षण गरिदैँ आइएको थियो । 

    परीक्षणका आधारमा विषादी युक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो । 

    कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमााडौँ पठाइएको छ । उनले भने, “मर्मत भइसकेको छ । हप्ता दश दिनमा यहाँ आइसक्छ । अनि तत्काल काम सुरु हुन्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार