images
images

प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने

प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने
    images
    images

    काठमाडौँ / प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा मंसिर १३ गतेदेखी १५ गतेसम्म उक्त प्रर्दशनी हुने भएको हो।

    सो प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरूका उत्पादनहरू साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

    मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया÷सेवा प्रदायकहरुको सहभागिता रहनेछ । फाउण्डेशनका अनुसार मेलाको सहआयोजक भारतको कम्प्लाष्ट रहेको छ।

    यस मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली वजारमा समेत भित्र्याउने विषयमा सहयोग पुर्‍याउने आयोजकले बताएका छन् ।

    प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरूमा जागरण ल्याउने एवं जानकारी गराउने उद्देश्यसहित प्लाष्ट नेपाल फाउण्डेशनको स्थापना भएको हो । 

    यसैगरी, प्लाष्टिक उद्योगहरूको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने÷हस्तान्तरण गर्ने केन्द्रको रूपमा काम गर्ने, प्लाष्टिकजन्य वस्तुहरूको परीक्षण र विकास सम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिक जन्य वस्तुहरूको सम्वन्धमा ३ आर ९च्भगकभ, च्भअथअभि बलम च्भमगअभ० को विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवर्द्धन गरि नेपाललाई प्लाष्टिक गन्तव्यको रूपमा विकास गर्ने फाउन्डेसनको उद्देश्य रहेको छ । 

    फाउण्डेशनले यसभन्दा अगाडि तीनवटा अन्तर्राष्ट्रिय प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार