आज विक्रम संवत २०८१ साल माघ १८ गते, शुक्रबार । ईश्वी सन् २०२५ जनवरी ३१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष द्वितीया तिथि, १६ः१० बजेपछि तृतीया। धनिष्ठा नक्षत्र, ७ः५९ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। राशिअनुसार आज तपाईँको दिन कस्तो रहनेछ ? हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा प्रभाव छोड्ने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै काम बन्नेछ । नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू जुट्नेछ । आम्दानीका स्रोत फेला पर्नेछ। लगानीको योग छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । नयाँ काम सुरु गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसाय तथा लेनदेनमा पारदर्शिता राख्नुहोस् । कीर्तिमान काम गर्ने समय छ । नयाँ अवसर मिल्नेछ । पुराना कामको चर्चा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रश्स्त लाभ मिल्नेछ। छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लोभमा नफस्नुहोस् । अनुभवको कमि हुँदा अवसर गुमाउनुपर्ला । आवश्यकता पूरा गर्नको लागि धन खर्चका योग छ । काम रोकिनाले मन खिन्न रहनेछ। व्यापार व्यवसायमा अपेक्षित लाभ नमिल्न सक्छ । दोहोर्याएर काम गर्नुपर्ला । बाध्यात्मक परिस्थितिमा समय बित्नेछ । मेहनत गरेर भए पनि भविष्यका लागि अवसर खोजी गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति केही असहज रहने समय छ। नोकरी वा पेशामा लगनशील बन्नुहोला । आजको दिन लगनशीलता नै उपलब्धि दिलाउनेछ । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। अपेक्षित लाभ प्राप्त नभए दिगो फाइदा हुने काम बन्ने योग छ । धार्मिक यात्राबाट भने लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूलाई लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक स्रोत साधन जुट्नेछ । जीवनशैलीमा परिवर्तन आउनेछ । सोखले पूरा गर्दा खर्च बढ्नेछ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। यद्यपि, प्रतिस्पर्धामा विजयी भइनेछ। ईष्र्या गर्नेहरू हार खानेछन् । व्यापार व्यवसायमा सोचेजस्तो सफलता नमिले पनि सामान्य लाभ भने मिल्नेछ । मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयन गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। काम रोकिनाले अपेक्षित लाभ नमिल्न सक्छ । काम काम बनाउन सङ्घर्ष गर्नुपर्ला । अरुका लागि उपयोग भइनेछ । अवसर प्राप्त भए पनि आँटेको काम गर्न समय लाग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले दोहोर्याएर काम गर्नुपर्ला । महत्त्वाकांक्षी योजना गोप्य राख्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा समस्याहरूलाई धैर्य पूर्वक सुल्झाउने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। यद्यपि, अरुको सहयोग भने नपाइएला । आश्वासन दिनेहरूले झुक्याउनेछन् । कृषि, पशुपालन तथा घरेलु कामकाजमा समय बित्नेछ । फाइदाको पछि लाग्दा आलोचित भइनेछ । सम्झौता नवीकरण नगर्दा लाभांश गुम्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगानी गर्नुअघि सोचविचार गर्नुको साथै अनुभवीको सल्लाह लिनुहोला । धैर्य र पराक्रममा वृद्धि हुनेछ । समयमा कार्य सम्पादन हुनेछ । आम्दानी बढाउनको लागि काम गर्दा दैनिकीमा परिवर्तन हुनेछ । उद्योग र व्यापारमा फाइदा मिल्नेछ । कामको प्रतिफल छोटो समयमै मिल्नेछ । विशेष उपहार प्राप्त हुने योग छ । कृषि र पशु चौपायाबाट लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो योजनाहरू गोप्य राख्नुहोला । आकस्मिक नयाँ कार्य आउनाले हुँदै गरेको कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। किनमेलमा खर्च बढ्नेछ। कर्जा र उधारो व्यापारमा चनाखो हुनुहोला । नियमित काममा फाइदा मिल्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा साहसिक कार्यहरूमा रुचि बढ्नेछ। स्वास्थ्यलाई लिएर ध्यान राख्नुहोस्। नयाँ कार्यमा हात हाल्न केही समय पर्खिनुहोला।प्रयत्न गर्दा अवसर पाइनेछ। कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। अरुका लागि काम गर्नुपर्ला । लक्ष्यमा पुग्न सङ्घर्ष गर्नुपर्ला। श्रमको उचित मूल्याङ्कन हुनेछैन । नियमित कामलाई निरन्तरता दिन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली रूपमा राख्नुहोला । नयाँ कार्य सुरु गर्नुभनदा पुरानै कामलाई निरन्तरता दिने प्रयास गर्नुहोस्। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुनसक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश बाँड्नुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।