काठमाडौँ / नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा बिजुलीको तार भूमिगत गरिरहेको छ । सो क्रममा प्राधिकरणले न्युरोड क्षेत्रको असरल्ल तारहरू र पोलहरू हटाउन सफल भएको छ ।
लामो समयको विवाद पछि काठमाडौँ महानगरपालिका वडा नं. २४ को शुक्रपथ अहिले तार र बिजुलीको पोल रहित भएको हो। फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण हिड्ने क्रममा सर्वसाधरणले सास्ती भोगिरहेका थिए ।
अहिले बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरू भूमिगत गरिएपछि सो क्षेत्र चिटिक्क देखिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी