images
images

प्रधानमन्त्रीविरुद्ध विवादस्पद अभिव्यक्ति दिएर प्रकाउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखिने

प्रधानमन्त्रीविरुद्ध विवादस्पद अभिव्यक्ति दिएर प्रकाउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखिने

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • प्रधानमन्त्रीविरुद्ध विवादस्पद अभिव्यक्ति दिएर प्रकाउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखिने
    images
    images

    काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी भएसँगै पक्राउ गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार