images
images

‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिन : ई-गभर्नेन्स र इको सिस्टमबारे बहस, कसले के भने ?

‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिन : ई-गभर्नेन्स र इको सिस्टमबारे बहस, कसले के भने ?

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • ‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिन : ई-गभर्नेन्स र इको सिस्टमबारे बहस, कसले के भने ?
    images
    images

    काठमाडौँ  / काठमाडौँमा जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत सोमबार इन्टरनेट गभर्नेन्स र इको सिस्टमबारेको छलफलबाट सुरु भएको छ ।

    डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेस्टिवल सुरु भएको थियो ।

    डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवलअन्तर्गत आज सोमबार इन्टरनेट गभर्नेन्स अन्तर्गत इन्टरनेटको इको सिस्टमबारे चर्चा भइरहेको छ ।

    इन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा डिजिटल राइट्स फेस्टिवलम अवधारणाहरू आइरहेका छन् । 

    कार्यक्रममा इन्टरनेट गभर्नेन्सको नियमन तथा नेपालको अवधारणाबारे युथ आइजीएफ नेपालका अध्यक्ष आनन्द गौतमले धारणा राखेका छन् ।
    उनले इन्टरनेटलाई कसरी सुरक्षित गर्ने, कसको मातहतमा रहने,  प्रयोगको पहुँच, नियमन, लगायतका विषयलाई इन्टरनेट गभर्नेन्समा हेरिनु पर्ने बताए ।

    कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष आशिर्वाद त्रिपाठीले इन्टरनेटको विश्वमा भैरहेको प्रयोग र नेपालको अवस्थाका बारेमा धारणा राखेका छन् ।

    कार्यक्रममा इन्टरनेटको पहुँच नहुनेहरूको हकमा कसरी विस्तार गर्ने, डाटाको तथ्याङ्कलाई कसरी सुरक्षित राख्ने, प्रयोगकर्ताले कसरी आफ्नो डेटालाई सुरक्षित राख्ने लगायतमा विषयमा कार्यक्रममा बहस जारी छ । 

    फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुनेछ ।

    फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरू सहभागी भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार