images
images

सुर्य प्लाईको प्रायोजनमा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने

सुर्य प्लाईको प्रायोजनमा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • सुर्य प्लाईको प्रायोजनमा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने
    images
    images

    नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौँको ठमेलस्थित जीएए हलमा हुन लागेको हो । 

    आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागीता जनाउन लागेको बताए।

    प्रतियोगितालाई आकर्षण र सहज बनाउन पुरुष खुल्ला, महिला खुल्ला र जुनियर गरी ३ वटा विधा समावेश गरिएको कार्कीले जानकारी दिए ।

    प्रतियोगितामा पुरुष खुल्ला विधा अन्तर्गत ६२ केजी मुनी, ६२ दशमलव १ केजीदेखि ६९ केजीसम्म, ६९ दशमलव १ केजीदेखि ७७ केजीसम्म, ७७ दशमलव १ केजीदेखि ८५ केजीसम्म र ८५ केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

    त्यसैगरी महिला खुल्लामा ५८ केजी, ५८ दशमलव १ केजीदेखि ६४ केजीसम्म र ६४ केजीमाथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

    जुनियर अन्तर्गत २१ वर्षमुनि उमेर समूहबीच प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ । कुल ९ वटा तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कार्कीले बताए ।

    power lifting.JPG

    पुरुष र महिला खुल्ला तथा जुनियर अन्तर्गत पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    प्रतियोगिताको पुरुष विजेताहरुबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीबाट नेपालको स्ट्रोङ्गेस्ट एथलिटको घोषणा गरिने र जनही ५० हजार रुपैयाँ सहित ट्रफी, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

    कार्यक्रमलाई नेपाली ब्राण्ड सुर्य प्लाई, लाईफब्वाई, सिद्धार्थ बैंक, भोग गार्मेन्ट, क्यालिबर सुज, पोशिलो फुड् र एनवाईएफए एजुकेशन कन्सलटेन्सीले सघाएका छन् ।

    नेपालमा पावरलिफ्टिङ्ग खेलको उत्थान र खेलाडीको विकास गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष कार्कीले जानकारी दिएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार