काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्स्को ब्ष्चदगक घज्ञढ चाटर्ड विमानमार्फत स्वेदश फर्किएका छन् ।
प्रधामन्त्री ओली श्रीमती राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न हिमालयन एअरलाइन्सको चाटर्ड विमानबाटै स्वदेश फिर्ता भएका हुन् ।
उक्त भ्रमणमा प्रधानमन्त्रीसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरू, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरू र विभिन्न उद्योग र व्यापारका प्रतिनिधिहरु संलग्न थिए ।
वायुयान आज बिहान ११ः०४ बजे (चीनको स्थानीय समय) बेजिङ क्यापिटल इन्टरनेशनल एअरपोर्टबाट प्रस्थान गरी नेपाली समयानुसार १४ः४८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको थियो ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योंगले सम्माननीय प्रधानमन्त्री तथा प्रतिनिधिमण्डललाई वायुयानमा स्वागत गरेका थिए ।
त्यस्तै, हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले वायुयानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनपश्चात औपचारिक रूपमा स्वागत गरेका सर्ग र
यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्स्को राष्ट्र सेवाप्रतिको समर्पण र देशको यस्ता महत्त्वपूर्र्ण उडान सफलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमताको पुष्टि गरेको छ ।
यसले एअरलाइन्स्लाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा आफूलाई स्थापित गरेको छ ।