काठमाडौँ / सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रोप्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन्। उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे।
रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरू भएको प्रतियोगितामाविष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अन्डर ६५ सहित पहिलोदिनको खेल संयुक्तरूपमा दोस्रो स्थानमा पूरा गरे।
नेपाल नम्बर एकएमेच्योर गल्फर सदभाव आचार्य २-अन्डर ६६ सहित चौथो स्थानमा रहे। इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीपकुमार लामाले पाँचौँ स्थान बाँडे।
रमेश अधिकारी र दिनेश प्रजापतिले १-ओभर ६९ को स्कोर निकाले। उनीहरू सातौँ स्थान रहेका छन्।
यसैगरी २-ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमानराजबाहक, रवि खड्का, वसन्त राज गुरूङ तथा एमेच्योरद्वय ज्ञानबहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्तरुपमा नवौँ स्थानमा रहे।
रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्डनिकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। उनले चौथो, आठौँ, दशौँ र बाह्रौँ होलमा बर्डी प्रहार गरे।
विष्णुले पहिलो र सातौँ होलमा एक(एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औँ होलको बोगी विरूद्ध १२औँ र१३औँ होलको दुई बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा पूरा गरे।
डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथोर पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ खेले।
यसपछि १०औँ र ११औँ होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २-अन्डर ३२ को स्कोर दर्ज गरे।
एमेच्योर सद्भावले सुरुवात राम्रो गर्न सकेनन। पहिलो र चौथो होलमाबर्डी प्रहार गरेपनि तेस्रो, पाँचौँ, छैटौँ र नबौँ होलमा एक(एक सट खेरफाले। फ्रन्ट नाइन २-ओभर ३६ मा पुरा गरे। तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे।
१०औँ, ११औँ, १३औँ र १७औँ होलमा बर्डीकोसफलता प्राप्त गरे। योसँगै उनले ब्याक नाइनमा ४-अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन् ।
उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे।
७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागीता रहेको छ। कुल ७ लाख ३५ हजार नगदपुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन्।
विजेताले उपाधिसँगै १लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन्।
साथै कट बनाउने२१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ।