काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । मौसमसम्बन्धी जानकारी दिने यो वेबसाइट ह्याक भएको हो । सोमबार बिहान वेबसाइट खोल्न खोज्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ ।
सो पेजमा आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ ।