images
images

पुस महिनामा सबैभन्दा कम र सबैभन्दा बढी ब्याज दिने वाणिज्य बैंकहरू कुन कुन हुन् ?

पुस महिनामा सबैभन्दा कम र सबैभन्दा बढी ब्याज दिने वाणिज्य बैंकहरू कुन कुन हुन् ?

पुस महिनामा २० ओटा वाणिज्य बैंकहरूले बचत खातामा ३ प्रतिशतदेखि ३.१० प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • पुस महिनामा सबैभन्दा कम र सबैभन्दा बढी ब्याज दिने वाणिज्य बैंकहरू कुन कुन हुन् ?
    images
    images

    काठमाडौँ । बाणिज्य बैंकहरूले पुस महिनाको लागि ब्याज दर निर्धारण गरेका छन् । बैंकहरूले प्रकाशित गरेको ब्याज दर तालिका अनुसार हाल सञ्चालनमा रहेका २० ओटा बाणिज्य बैंकहरूमध्ये ९ ओटाले ब्याज दर घटाएका छन् । पुस महिनामा २० ओटा वाणिज्य बैंकहरूले बचत खातामा ३ प्रतिशतदेखि ३.१० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

    एक बर्षे मुद्दती खाताको लागि भने ४ देखि ५.५० प्रतिशतसम्म ब्याज दर तोकिएको छ भने संस्थागत मुद्दती खातामा २.५० प्रतिशतदेखि ४.३० प्रतिशतसम्म ब्याज कायम गरिएको छ । पुस महिनामा साधारण बचत खातामा सबैभन्दा बढी ब्याज र एनआइसी एशिया बैंकले दिने भएको छ । १३ ओटा बैंकहरूले भने न्यूनतम ३ प्रतिशत ब्याज दर कायम गरेको छ । मंसिर महिनामा हिमालयन बैंक र एनआइसीले यो खातामा अधिकतम् ब्याज दर निर्धारण गरेको पुस महिनाका लागि हिमालयन बैंकले भने ब्याज दर घटाएको हो । 

    यसैगरी, व्यक्तिगत मुद्दती खातामा राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले न्यूनतम ब्याज दर ४ प्रतिशत ब्याज दर कायम गरेको छ । यता, प्राइम कमर्सियल बैंकले भने सबैभन्दा बढी ६ प्रतिशत ब्याज दर तोकेको छ । चार ओटा बैंकले ५ प्रतिशत र ७ ओटा बैंकले ५ प्रतिशतभन्दा बढी ब्याज दिने भएको छ । संस्थागत मुद्दती खातामा भने कृषि विकास बैंकले सबैभन्दा कम २.५० प्रतिशत ब्याज दिनेछ । त्यस्तै, यो खातामा सबैभन्दा बढी ब्याज भने सानिमा बैंकले ४.३० प्रतिशत दिने उल्लेख छ । 

    कुमारी बैंक लिमिटेडले पुस महिनामा साधारण बचत खातामा ३.०१ प्रतिशत ब्याज दर तोकेको छ भने मुद्दतीतर्फ व्यक्तिगतमा ५.३१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याज दर निर्धारण गरेको छ । यो बैंकले पुसमा पनि मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिने भएको हो । 

    लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस महिनामा पनि मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ । लक्ष्मी सनराइजले पुस महिनामा साधारण बचतमा ३ प्रतिशत र मुद्दती बचतमा व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ४ प्रतिशत ब्याज दर तोकेको छ । 

    नबिल बैंक लिमिटेडले पुस महिनामा संस्थागत मुद्दती बचतमा ब्याज दर सामान्य घटाएको छ । पुस महिनाका लागि नबिल बैंकले साधारण बचतमा ३ प्रतिशत, व्यत्तिगत मुद्दतीतर्फ ५ प्रतिशत ब्याज दर निर्धारण गरेको छ । नबिलले मंसिर महिनामा कायम यी बचत खाताको ब्याज दरलाई पुसमा पनि निरन्तरता दिएको हो । मंसिरमा संस्थागत मुद्दती बचतमा ३.५० प्रतिशत ब्याज दर कायम गरेको यो बैंकले मंसिरमा भने सो दर घटाएर ३ प्रतिशत कायम गरेको हो । 

    ग्लोबल आईएमई बैंकले पुस महिनाका लागि संस्थागत मुद्दती खाताको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर तोकेको छ । साधारण बचत र व्यक्तिगत मुद्दती खाताको ब्याज दर यथावत राखेर ग्लोबल आइएमई बैंकले संस्थागत मुद्दती खाताको ब्याज दर घटाएर ३.५० प्रतिशत कायम गरेको हो । बैंकले साधारण बचत खातामा ३ प्रतिशत र व्यक्तिगत मुद्दती खातामा ५ प्रतिशत ब्याज दर तोकेको छ । जुन मंसिर महिनामा कायम थियो । 

    सानिमा बैंक लिमिटेडले पनि केही निक्षेपमा मंसिर महिनाकै ब्याज दरलाई पुसमा पनि निरन्तरता दिएको छ । यो बैंकले बचत खातामा ३.०४ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ४.३० प्रतिशत ब्याज दर कायम गरेको छ । यो दर मंसिर महिनाकै निरन्तरता हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर भने बैंकले घटाएको छ । मंसिरमा ५.४० प्रतिशत ब्याज दर तोकिएकोमा सानिमा बैंकले पुस महिनामा व्यक्तिगत मुद्दतीतर्फ ५.३० प्रतिशत ब्याज दर दिने भएको हो ।  

    राष्ट्रिय वाणिज्य बैंकले मंसिर महिनाकै ब्याज दर यथावत राखेको छ । बैंकले पुस महिनामा साधरण बचत खातामा ३ प्रतिशत, व्यक्तिगत मुद्दतीमा ४ र संस्थागत मुद्दतीमा ३ प्रतिशत ब्याज दर कायम गरेको छ । 

    कृषि विकास बैंकले पनि पुस महिनामा मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ ।  पुस महिनाका लागि कृषि विकास बैंकले साधरण बचत खातामा ३ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ४.२६ प्रतिशत र संस्थागत मुद्दती खातामा २.५० प्रतिशत ब्याज दर कायम गरिएको छ । 

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुस महिनाका लागि संस्थागत मुद्दती खाताको ब्याज दर ०.२५ प्रतिशतले घटेको छ भने साधारण र व्यक्तिगत मुद्दती खाताको ब्याज दर यथावत राखेको छ । स्ट्यान्डर्ड चार्टर्डले पुस महिनाका लागि साधारण बचत खातामा ३ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ४.२५ प्रतिशत र संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याज दर निर्धारण गरेको छ । 

    हिमालयन बैंकले पुस महिनामा साधरण बचत खाता र संस्थागत मुद्दती खाताको ब्याज दर परिवर्तन गरेको छ । बचत खाताको ब्याज दर ०.०५ प्रतिशत घटाएर ३.०५ प्रतिशत र  संस्थागत मुद्दती खाताको ब्याज दर ०.२५ प्रतिशत घटाएर ३.५० प्रतिशत कायम गरेको यो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर भने परिवर्तन गरेको छैन । व्यक्तिगत मुद्दती खातामा हिमालयन बैंकले पुस महिनाको लागि ४.७५ प्रतिशत नै ब्याज दर कायम गरेको छ । 

    नेपाल एसबिआई बैंकले भने पुस महिनामा मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिने भएको छ । यो बैंकले बचत खातामा ३.०२ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ५.०१ प्रतिशत र संस्थागत मुद्दती खातामा ४.०१ प्रतिशत ब्याज दर कायम गरेको छ । 

    एभरेस्ट बैंकले सबै प्रकारका खातामा मंसिर महिनाकै ब्याज दर कायम राखेको छ । पुस महिनामा एभरेष्ट बैंकले बचत खातामा ३.०५ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ४ प्रतिशत र संस्थागत मुद्दती खातामा ३ प्रतिशत ब्याज दिनेछ ।
    प्रभु बैंकले पुस महिनामा पनि मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ ।  प्रभु बैंकले पुस महिनामा बचत खातामा ३ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ५.१० प्रतिशत र संस्थागत मुद्दती खाताका लागि ३.१० प्रतिशत ब्याज दर कायम राखेको छ । 

    यसैगरी, सिटिजन्स बैंक इन्टरनेशलले पुस महिनाका बचत खाताको ब्याज दर यथावत राखेको छ । व्यक्तिगत मुद्दती खातामा ०.२५ प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशतले ब्याज दर घटाएको यो बैंकले साधरण बचत खातामा मंसिर महिनामा तोकिए अनुसार ३ प्रतिशत ब्याज दर दिनेछ । व्यक्तिगत मुद्दतीमा ५.५० प्रतिशत र संस्थागत मुद्दती खातका लागि यो बैंकले ३.५० प्रतिशत ब्याज दर कायम गरेको छ । 

    प्राइम कमर्सियल बैंकले पनि पुस महिनामा मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिने भएको छ । यो बैंकले पुस महिनामा साधारण बचत खाताको ब्याज दर ३ प्रतिशत, व्यक्तिगत मुद्दतीको ६ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याज दर ४ प्रतिशत कायम गरेको छ । 

    एनएमबि बैंकले पनि ब्याज दरमा परिवर्तन गरेको छ । अघिल्लो महिनाको ब्याज दरलाई निरन्तरता दिँदै यो बैंकले पुस महिनाका लागि साधारण बचत खातामा ४ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ४ प्रतिशत र संस्थागत मुद्दती खातामा ३ प्रतिशत ब्याज दर दिनेछ । 

    एनआईसी एसिया बैंकले पुस महिनामा साधारण बचत खाताको ब्याज दर ३.१० प्रतिशत, व्यक्तिगत मुद्दती खाताको ४६५ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याज दर ३ प्रतिशत तोकेको छ । एनआईसी एशियाले व्यक्तिगत मुद्दती खातको ब्याज दर मंसिर महिनाको तुलनामा ०.५० प्रतिशतले घटाएको हो । 

    माछापुच्छ्रे बैंकले मंसिर महिनाको ब्याज दरलाई पुसमा पनि निरन्तरता दिने जनाएको छ । यो बैंकले पुस महिनामा बचत खातामा ३ प्रतिशत, व्यक्तिगत मुद्दतीमा ५.५० प्रतिशत र संस्थागत मुद्दती खातामा ४.७५ प्रतिशत ब्याज दिने भएको हो । 
    यसैगरी, सिद्धार्थ बैंकले पुस महिनामा संस्थागत मुद्दती खाताको ब्याज दर ०.२५ प्रतिशतले घटाएको छ । व्यक्तिगत मुद्दती र साधारण बचत खाता र संस्थागत मुद्दती खातामा भने बैंकले ब्याज दर स्थिर राखेको छ । पुस महिनामा सिद्धार्थ बैंकले साधारण बचत खातामा ३ प्रतिशत, व्यक्तिगत निक्षेपमा ५.५० प्रतिशत र संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याज दिनेछ । 

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले पनि पुस महिनाको लािग संस्थागत मुद्दती खाताको ब्याज दरलाई ०.८५ प्रतिशतले घटाएको छ । बचत खाता र व्यक्तिगत मुद्दती खातामा भने यो बैंकले मंसिर महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ । पुस महिनामा यो बैंकले बचत खातामा ३ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ५ प्रतिशत र संस्थागत मुद्दती खातामा ३.१५ प्रतिशत ब्याज दर कायम गरेको छ । 

    नेपाल बैंकले भने सबै प्रकारका खाताको ब्याज दर घटाएको छ । यो बैंकले बचत खाताको ब्याज दर ०.०१ प्रतिशतले घटाएर ३ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ०.३५ घटाएर ४.२० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.३० प्रतिशत ३ प्रतिशत ब्याज दिने जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार