images
images

राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण

राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण
    images
    images

    काठमाडौँ / बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रीकालीन उडान सुरु गरेको छ । सोमबार साँझ सञ्चारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू-४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौँदेखि राजविराजको दुईतर्फी रात्री उडान शुभारम्भ भएको हो ।

    सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे । बुद्ध एयरले रात्रीकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको सङ्ख्या १० वटा पुगेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रीकालिन उडान सुरु गरेको हो ।

    बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै रात्रीकालिन उडानको शुभारम्भ गरेको हो । 

    प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न उपयुक्त ठानिएको हो ।  

    राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार