काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा पुस २४ गते बस्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले काठमाडौँस्थित अग्रवाल भवन, कमलपोखरीमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश पाउनेछन्।
बैंकले गत आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूको खातामा जानेछ ।
यसैगरी, गत आर्थिक वर्ष ०८०८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसमेत उक्त साधारण सभाबाट गरिनेछ ।