विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी चोरी भएको छ । अनुसन्धान संस्था चेनालिसिसका अनुसार उत्तर कोरियासँग सम्बद्ध ह्याकरहरूले विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएको हो।
यो गत वर्ष उनीहरूले चोरेको क्रिप्टोको तुलनामा दोब्बर भन्दा बढी हो ।
यीमध्ये केही चोरी क्रिप्टो र अन्य प्रविधि कम्पनीहरूको सामु उत्तर कोरियाली ह्याकरहरूले रिमोट आईटी वर्कर बनेर गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्ष बिट्क्वाइनको भाउ दोब्बर बनेकै समयमा क्रिप्टो चोरीको समाचार सार्वजनिक भएको हो ।
मूल्य वृद्धिसँगै यस वर्ष ह्याकरहरूले चोरेको क्रिप्टोको मूल्य पनि गत वर्षको तुलनामा २१ प्रतिशत माथि पुगेको छ । तर, सन् २०२१ र सन् २०२२ को तुलनामा भने यो रकम कम नै भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।