images
images

एनपिएल खेल र अर्थतन्त्रको सुनौलो अध्याय बनेर स्थापित हुनेछ : ब्रान्ड लजिक

एनपिएल खेल र अर्थतन्त्रको सुनौलो अध्याय बनेर स्थापित हुनेछ : ब्रान्ड लजिक

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • एनपिएल खेल र अर्थतन्त्रको सुनौलो अध्याय बनेर स्थापित हुनेछ : ब्रान्ड लजिक
    images
    images

    नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणले नेपाली खेलकुद मात्र नभई, समग्र अर्थतन्त्र र राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) र व्यवसायिक अधिकार व्यवस्थापनको जिम्मेवारी पाएको ब्रान्ड डिजिटल लजिक प्रा.लि.बिचको सहकार्यले पहिलो संस्करणमै एनपिएलको उज्ज्वल भविष्यको बाटो कोर्दै, नेपाली क्रिकेटलाई विश्व स्तरमा पुर्‍याउने मार्ग प्रशस्त गरेको छ।

    नेपालको घरेलु प्रतियोगिता पहिलो पटक स्टार स्पोर्ट्स नेटवर्कमार्फत विश्वभरीका दर्शकहरूसम्म पुर्‍याइएको छ। यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई, नेपाली खेल क्षेत्रलाई नयाँ पहिचान दिएको छ ।

    यसले भविष्यमा नेपाली क्रिकेट खेलाडीहरूको सहभागिता विश्वव्यापी लिगहरूमा बढ्न सक्छ।

    यससँगै, बलियो डिजिटल उपस्थिति र विश्वभर सबैभन्दा बढी हेरिने च्यानलमध्ये एक स्टार स्पोर्ट्स इन्डियाले एनपीएलका भिडियो क्लिप्स, खेलाडीहरुको प्रोफाइल र हाइलाइट्स नियमित रूपमा आफ्नो ६.६ मिलियन फलोअर्स भएको पेजबाट पोस्ट गर्दै आएको छ।

    यसले नेपाली क्रिकेटको ब्राण्ड इमेजलाई परिष्कृत गर्दै, खेलाडीहरु र नेपालको क्रिकेटलाई विश्वभर चिनाउने महत्वपूर्ण भूमिका निभाएको छ।

    नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा ब्रान्ड डिजिटल लजिक र शारडा समूहको साझेदारीले खेलाडीहरूको सम्मानका लागि नयाँ मानक स्थापना गरेको छ।

    ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले अमोदा ई ५ कार उपहार दिने घोषणा गरेको छ, जुन नेपालको खेल इतिहासमा यो ‘प्लेयर अफ द सिरिज’ शीर्षकमा दिन लागिएको सबैभन्दा ठूलो पुरस्कारको राशी हो ।

    यसले नेपाली खेलाडीलाई प्रोत्साहित गर्दै, नेपाली क्रिकेटलाई अझ पेशागत रूपमा विकास हुन प्रेरणा दिनेछ। आर्थिक र व्यवसायिक दृष्टिकोणबाट पनि नेपाल प्रिमियर लिगको सफलता एक प्रेरणादायक उदाहरण बनेको छ । 

    नेपालमा पछिल्लो समय चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण व्यवसायमा गिरावट देखिएको थियो, जसका कारण थुप्रै कम्पनीहरूले आफ्नो विज्ञापन बजेट कटौती गरेका थिए ।

    यस्तो कठिन परिस्थितिमा, डिजिटल लजिकले एनपिएलको व्यावसायिक सम्भावनामा विश्वास दिलाउँदै राम्रो प्रायोजन सम्झौताहरू गर्न सफल भएको छ।

    एनपिएलका प्रायोजकहरूको सूची यस लिगको लोकप्रियता र यसको व्यवसायिक सम्भावनाको संकेत हो, जसले भविष्यमा अझ ठूलो विश्वास र सफलता सुनिश्चित गरेको छ ।

    नेपाल प्रिमियर लिगमा आबद्ध भएका प्रायोजकहरूले खेल र ब्रान्ड एक्टिभेसनका माध्यमबाट लाखौँ क्रिकेट फ्यानहरूसँग बलियो सम्बन्ध स्थापित गर्न सफल भएका छन् ।

    १. सिद्धार्थ बैंकले पाँच वर्षका लागि शीर्षक प्रायोजकको सम्झौता गरेको छ । 

    २. एनसेल एक वर्षका लागि ‘पावर्ड बाई’ प्रायोजक बनेको छ ।

    ३. ओमोडा एन्ड जेइको तीन वर्षका लागि सह–प्रायोजकको रूपमा संलग्न भएको छ ।

    ४. केएफसी तीन वर्षका लागि आधिकारिक फुड एण्ड सेलेब्रेसन पार्टनर बनेको छ ।

    ५. खल्तीले तीन वर्षका लागि आधिकारिक टिकट पार्टनरको जिम्मेवारी लिएको छ ।

    ६. भिभो एक वर्षका लागि आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ ।

    ७. रेड बुलले पाँच वर्षका लागि ‘इनर्जाइज्ड बाई’ पार्टनरको भूमिकामा आबद्ध भएको छ ।

    ८. सोल्टी होटल एक वर्षका लागि आधिकारिक आतिथ्य पार्टनर बनेको छ ।

    ९. ड्रिम ११ एक वर्षका लागि आधिकारिक फ्यान्टासी पार्टनर बनेको छ ।

    १०. डिशहोम मिडिया/एक्सन स्पोर्ट्सले एक वर्षका लागि नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनरको जिम्मेवारी लिएको छ ।

    ११. फ्यानकोड एक वर्षका लागि भारतको आधिकारिक स्ट्रिमिङ पार्टनर बनेको छ ।

    १२. नेपाल पे दुई वर्षका लागि आधिकारिक अम्पायर पार्टनर बनेको छ ।

    १३. प्रेसिडेन्सियल कलेज तीन वर्षका लागि आधिकारिक एजुकेशन पार्टनर छ ।

    १४. ह्यापिडेन्ट एक वर्षका लागि आधिकारिक ‘स्पार्कलिङ स्माइल’ पार्टनर बनेको छ ।

    यी प्रायोजकहरूको सक्रियता र ब्रान्ड एक्टिभेसनले दर्शकहरूको ध्यान आकर्षित गर्दै एनपीएललाई अझ व्यापक बनाएको छ र यसले आगामी वर्षहरूमा खेलकुद र व्यवसायको अन्तरसम्बन्धलाई अझ बलियो बनाउने आशा दिलाएको छ ।

    ब्रान्ड लजिकले यी ब्रान्डहरूलाई दर्शकहरूसँग प्रभावकारी तरिकाले जोड्न सहयोग गरेको छ ।

    नेपाल प्रिमियर लिग (एनपीएल) आगामी दिनमा केवल नेपाली क्रिकेट प्रतियोगिता मात्र नभएर, राष्ट्रको आर्थिक विकासमा अग्रणी भूमिका निभाउने सामर्थ्य राख्छ। 

    यस लिगले खेलका माध्यमबाट खुद्रा अर्थतन्त्र, होटल, पर्यटन, सञ्चार, प्रविधि र मिडिया जस्ता विविध क्षेत्रका व्यवसायहरूमा रोजगारी सिर्जना गर्दै थप चलायमान बनाउने छ ।

    यस लिगको सफलताले नेपाली संस्कृतिलाई विश्वभर चिनाउने अवसरका रूपमा विकास हुनेछ ।

    एनपीएलको सफलताले खेलकुद क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्नेछ, जहाँ खेलाडीहरूले व्यक्तिगत रूपमा ब्रान्डहरूसँग सम्झौता गर्ने अवसर पाउने छन् ।

    यसले उनीहरूलाई आर्थिक स्थिरता प्रदान गर्नेछ, जसले युवा खेलाडीहरूमाझ क्रिकेटलाई पेशागत रूपमा लिने प्रेरणा दिनेछ।

    लिगको सफलतामा अब अभिभावकहरूले अब आफ्नो छोराछोरीले क्रिकेट ब्याट समात्दा चिन्ता गर्नुपर्दैन ।

    एनपीएलको दिगोपनले क्रिकेटलाई मात्र नभएर , समग्र नेपाली खेलकुदलाई सम्मानजनक र आर्थिक दृष्टिले सुरक्षित बनाउनेछ। 

    आगामी दिनमा नेपाल प्रिमियर लिग खेलकुद प्रतियोगिता मात्र नभएर, आशा, महत्त्वाकांक्षा र उज्ज्वल भविष्यको प्रतीक बनेर उदाउने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार