images
images

रवि र छविसहित ३१ जनाबिरुद्धको मुद्दा दर्ता, रविको तीन कसुर के हो ?

रवि र छविसहित ३१ जनाबिरुद्धको मुद्दा दर्ता, रविको तीन कसुर के हो ?

आइतवार, पुस ७ २०८१
आइतवार, पुस ७ २०८१
  • रवि र छविसहित ३१ जनाबिरुद्धको मुद्दा दर्ता, रविको तीन कसुर के हो ?
    images
    images

    पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्कीमा दर्ता भएको छ ।

    आइतबार सहकारी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेसहित ३१ जनाविरुद्धको सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता गरेको हो । 

    लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् । 

    उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो । सोही अनुसन्धान प्रहरीले जिल्ला सरकारी वकिललाई बुझाएपछि अध्ययन गरेर मुद्दा दर्ताका लागि अदालत लगिएको हो ।

    रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता गरिँदै छ । पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ३१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

    ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार