images
images

आइएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी एक्स्पो’ सम्पन्न, चार हजारभन्दा बढीले गरे अवलोकन

आइएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी एक्स्पो’ सम्पन्न, चार हजारभन्दा बढीले गरे अवलोकन

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • आइएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी एक्स्पो’ सम्पन्न, चार हजारभन्दा बढीले गरे अवलोकन
    images
    images

    काठमाडौँ / आइएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी एक्स्पो’ सम्पन्न भएको छ । तिनकुने गैरीगाउँस्थित आइएसएमटी कलेजले आइएसएमटी एक्स्पोमा कलेजमा आइटीमा अध्ययनरत विद्यार्थीहरूले बनाएको Robot, Gaming, Lie Detector, Free Detector लगायत विभिन्न २० वटा प्रोजेक्टहरूको प्रदर्शनी गरिएको थियो । 

    विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न उनीहरूको क्षमतालाई प्रदर्शन गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको आइएसएमटी कलेजले जनाएको छ । 

    डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमलालगायतले उक्त एक्स्पोको अवलोकन गर्नुका
    साथै विद्यार्थीहरूसँग उनीहरूको प्रोजेक्टको बारेमा अन्तर्क्रिया गर्नुको साथै उज्वल भविष्यको शुभकामना दिएका थिए । 

    उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थीलगायत चार हजारभन्दा बढी व्यक्तिहरूले अवलोकन गरेको कलेजले जनाएको छ ।

    आइएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सुन्दरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरि बिबिए (Business and Management), बिएचएम, बिएससी, आइटी (CSE), बिएससी (Hons) Cyber Security and Digital Forensics र एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार