images
images

नेप्से परिसूचक २८.९१ अङ्कले बढेको बजारमा ४ अर्ब ४३ करोडको कारोबार, दुई समूहमा लगानीकर्ताको आकर्षण

नेप्से परिसूचक २८.९१ अङ्कले बढेको बजारमा ४ अर्ब ४३ करोडको कारोबार, दुई समूहमा लगानीकर्ताको आकर्षण

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • नेप्से परिसूचक २८.९१ अङ्कले बढेको बजारमा ४ अर्ब ४३ करोडको कारोबार, दुई समूहमा लगानीकर्ताको आकर्षण
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.९१ अङ्क अर्थात् १.११ प्रतिशतले बढेर २ हजार ६ सय १२.२० विन्दुमा उक्लिएको छ । 

    नेप्सेका अनुसार सोमबार विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर ५५ हजार ९ सय ३८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय तीन रुपैयाँमा कारोबार भएको छ ।

    आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

    साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ ।

    त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटा कम्पनीको शेयर मूल्यमा रातो देखिएको छ ।

    नेप्सेका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकको ३.१६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को १.९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १.८६ प्रतिशतले ओरालो लागेको छ । 

    यो दिनको कारोबार रकममा सर्वाधिक बढी हिस्सा जानकी फाइनान्सको छ । जानकी फाइनान्सको सबैभन्दा बढी १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । 

    सोमबार म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक बढेको छ । म्युचुअल फण्डको सूचक ४.२१ प्रतिशतले घट्दा आज हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहमा आकर्षण बढेको छ । यो समूहको परिसूचक सबैभन्दा बढी २.६५ प्रतिशत र २.४६ प्रतिशतले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार