images
images

हुम्लाको टेलिकमको बिटिएस टावरहरूमा आक्रमण, सेवा अवरुद्ध

हुम्लाको टेलिकमको बिटिएस टावरहरूमा आक्रमण, सेवा अवरुद्ध

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • हुम्लाको टेलिकमको बिटिएस टावरहरूमा आक्रमण, सेवा अवरुद्ध
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमको कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको सेवा अवरुद्ध भएको छ । टेलिकमका अनुसार बिटिएस टावरहरूमा केही समूह/व्यक्तिहरूले अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको हो । 

    सर्केगाड गाउँपालिका–०५ स्थित बरै माइक्रो वी.टी.एस.मा पुस ४ गते सोलार प्यानल, ख्क्ब्त् का उपकरणहरू तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्ने टेलिकमले जनाएको छ । 

    यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ । साथै, सार्वजनिक महत्त्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न/नगराउनुहुन समेत टेलिकमले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार