images
images

उर्वर जग्गामा रेलमार्ग छिरेपछि निराशा र अन्योलको भुमरीमा किसान, अब के होला सावरसुप खेती ?

उर्वर जग्गामा रेलमार्ग छिरेपछि निराशा र अन्योलको भुमरीमा किसान, अब के होला सावरसुप खेती ?

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • उर्वर जग्गामा रेलमार्ग छिरेपछि निराशा र अन्योलको भुमरीमा किसान, अब के होला सावरसुप खेती ?
    images
    images

    पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर, नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनी खेती गर्ने कि नगर्ने भनी दोधारमा परेका छन् । 

    स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर फर्किएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पबारे अन्योलमा परेका हुन् । 

    नेपालमा फरक तथा नौलो खेती सुरु गरेका सुब्बाले सावरसुप ‘एन्टी क्यान्सर’का रूपमा चिनिने वनस्पति हो, भने । आफूले फार्म सञ्चालन गर्दै आएको एक बिघा जमिनमा रेलमार्ग छिरेपछि निराशा र अन्योल दुबैले घेरेको उनले बताए । 

    रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको सुब्बाले जानकारी र्दिए ।

    ‘अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ । अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन’, उनी भन्छन्, ‘यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ ।’ 

    सुब्बाले छ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अर्गानिक सागसब्जी उत्पादन सुरु गरेका थिए । 

    अठार वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती हुनुभएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फर्किए । भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उनले बताए ।  

    अमेरिकाबाट एक हजार दुई सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताए । दश कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिघामा फैलिएको उनको भनाइ छ । सावरसुपको फल प्रतिकिलो दुई हजार दुई सयसम्ममा नेपाली बजारमा बिक्री हुँदै आएको उनले उल्लेख गरे ।  

    व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिए ।  फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ । आफ्नो उर्भर जीवन भारतीय सेनामा वितेको र अब सबथोक भनेकै फार्म भएको उनी बताउँछन् । 

    सुब्बाले गरेको खेती नेपालमा नौलो र फरक किसिमको कृषिजन्य वनस्पति हो । ‘एन्टी क्यान्सर’ बिरुवाका रूपमा चिनिएको उक्त वनस्पतिलाई विदेशमा बढी  उपयोग गरिन्छ । नेपालमा यसको महत्वबारे थाहा नभएकाले सुब्बाले यसको महत्व बुझाउन पनि व्यावसायिक खेती सुरु गरेको उनले बताए । 

    भारतीय सेनामा रहँदा अफ्रिका गएका बेला उनले देखेको सावर सुपको विरुवा अहिले आफ्नो बारीमा हुर्काइरहेका छन् । यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ । पछिल्लो समय यसको फल क्यान्सरका बिरामीले रोकथामका लागि खाने गरेका बताउँदै सुब्बाले यसका बारेमा जानकारीमूलक प्रचारप्रसार गर्नुपर्ने धारणा राखे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार