images
images

पश्चिमी वायु र चापीय प्रणालीको प्रभाव : काठमाडौँसहित यी स्थानमा बर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

पश्चिमी वायु र चापीय प्रणालीको प्रभाव : काठमाडौँसहित यी स्थानमा बर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • पश्चिमी वायु र चापीय प्रणालीको प्रभाव : काठमाडौँसहित यी स्थानमा बर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
    images
    images

    काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको थियो ।

    पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून पर्‍यो । काठमाडौँ उपत्यकालगायत केही स्थानमा हिजो साँझ सामान्य वर्षा भएको थियो । पश्चिममा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । 

    आजबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । सो प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौँ उपत्यकासम्ममा वर्षा गराउने मौसमविद्ले बताएका छन् । 

    बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार