images
images

व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी, पंगास माछामा किन बढ्यो आकर्षण ?

व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी, पंगास माछामा किन बढ्यो आकर्षण ?

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी, पंगास माछामा किन बढ्यो आकर्षण ?
    images
    images

     सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफूसहित दुई जनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।  

    पोखरीमा बिगेट, रेहु, नैनी, कोमन, पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने, “वार्षिक रूपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” 

    पोखरीबाट वार्षिक रूपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास (बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए ।

    पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन् । 

    जिल्लाका विभिन्न स्थानमा पंगास अर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । 

    कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ ।

    सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिए । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले जानकारी दिए । 

    पंगास माछापालनको क्षेत्रफल वार्षिकरूपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । 

    सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार