images
images

किबी खेती : एकपटकको लगानीले वर्षौँसम्म आम्दानी, बुटवल, पोखरा, नारायणगढ र काठमाडौँ मूख्य बजार

किबी खेती : एकपटकको लगानीले वर्षौँसम्म आम्दानी, बुटवल, पोखरा, नारायणगढ र काठमाडौँ मूख्य बजार

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • किबी खेती : एकपटकको लगानीले वर्षौँसम्म आम्दानी, बुटवल, पोखरा, नारायणगढ र काठमाडौँ मूख्य बजार
    images
    images

    बागलुङमा उत्पादित किबी अन्य जिल्लामा खपत हुन थालेको छ । बागलुङको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी बुटवल,काठमाडौं र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ ।

    विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौँसम्म लैजान थालिएको छ । 

    उनले किबी बिक्री गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबीखेती छ । यस्तै काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले समेत यस वर्ष किबी बजारमा पठाएका छन् । 

    एकपटकको लगानीले वर्षौंसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति यहाँका किसानको आकर्षण छ । मूल्य सस्तो भए पनि पोखरा, काठमाडौँ, बुटवल तथा नारायणगढसम्म किबी खपत भइरहेको छ ।

    यस वर्ष एक हजार केजी किबी काठमाडौँलगायत ठूला सहरमा बजारीकरण गरेको किबी किसान खिमानन्द कँडेलले जानकारी दिए । 

    किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको उनको भनाइ छ । प्रतिकेजी तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार